Close sidebar

सिमोसको ‘जन्ते बाख्रो’को कलाकारहरुको बलियो लाइनअप

पुस १०, २०८१

सिमोस सुनुवार नयाँ चलचित्र ‘जन्ते बाख्रो’मा कलाकारहरुको बलियो लाइनअप लागेको छ । केही हप्तामै छायांकन सुरु हुने यो चलचित्रका लागि कलाकारहरुको लाइनअप पनि पुरा गरिएको निर्माणपक्षले बताएको हो ।

चलचित्रमा नायक सौगात मल्ल र नायिका गरिमा शर्मा फाइनल भइसकेका छन् । गरिमालाई पनि निर्माण टिमले अडिसनबाट फाइनल गरेको बताएको छ । अब, यो चलचित्रको लागि ‘बिहे पास’ डेब्यू कलाकार रुसा न्यौपानेको पनि प्रवेश भएको छ ।

प्रदीप भारद्वाजको कथा रहेको यो चलचित्रमा नयाँ कलाकार स्नेहा जोशीको पनि प्रवेश भएको छ । स्नेहा मण्डला नाटक घरमा नाटकमा अभिनय गर्दै आएकी कलाकार हुन् । त्यस्तै, विशाल पहारीको पनि प्रवेश भएको निर्माणपक्षले बताएको छ ।

आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखकको पनि मुख्य भूमिकामा रहने चलचित्रलाई कमेडी र प्रेमको कथामा आधारित रहेर निर्माण गरिने छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया