बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। नयाँ पोस्टरसंगै चलचित्रको नयाँ मिति सार्वजनिक गरिएको छ। चलचित्र माघ ४ गतेबाट प्रदर्शनमा आउने छ।
चलचित्र मनोजकुमार अधिकारीले निर्माण गरेका हुन्। नितिश पुन सह निर्माता रहेका छन्। अधिकारीले यस अघि फिल्म ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ निर्माणसँगै अभिनय पनि गरेका थिए ।
चलचित्रमा सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको छ । यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्। चलचित्रलाई नविन भट्टले निर्देशन गरेका छन्। उनको यो निर्देशनमा डेब्यु चलचित्र हो।
चलचित्रमा मनोज कुमार अधिकारी,सन्दिप श्रेष्ठ, भावना उप्रेती,रबिना केसी,पुष्प अवस्थी,सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।
यो चलचित्र जितु तामाङको छायांकन,रोशन दास,प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन,केशव राज भट्टको कोरियोग्राफी,अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ। चलचित्रलाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ।