Close sidebar

रानीको ‘तिम्रो मायामा’मा सम्राटसँग रमाएकी लालना

मंसिर ३०, २०८१

अमेरिकामा रहेर पनि निरन्तर गायिका रानी शाक्य गीतसंगीतमा सक्रिय छिन् । दर्शकमाझ नयाँ नयाँ गीत सार्वजनिक गर्दै आएकी रानीले फेरि अर्को एक रोमान्टिक गीत सार्वजनिक गरेकी छिन् ।
प्रेममा परेपछि एक यूवतीको मनमा उब्जिने विभिन्न भावनामा आधारित रहेर ‘तिम्रो मायाँमा’ बोलको गीत रानीले सार्वजनिक गरेकी हुन् ।

गीतमा आकाश केएमको शब्द तथा संगीत छ ।
सार्वजनिक यो गीतमा मोडलद्धय सम्राट अधिकारी र लालना चिमरियाको अभिनय हेर्न सकिन्छ । गीतको भिडियोमा लालनालाई सम्राटका लागि तड्पिएको देख्न सकिन्छ ।
शिशिर खत्रीको निर्देशनमा तयार भएको यो भिडियोमा दिनेश पराजुलीको कोरियोग्राफी, दिन्सन शाहको सम्पादन छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया