निर्देशक सौरभ चौधरीको निर्देशन रहने चलचित्र ‘कर्मा’को शुभ-मुहुर्तसँगै छायांकन पारम्भ गरिएको छ । यो चलचित्रको शुक्रबारदेखि दाङको घोराहीबाट छायांकन सुरु गरिएको हो ।
४० दिन दाङ र ६ दिन रुकुममा छायांकन हुने चलचित्रको मुख्य भूमिका निभाइरहेका कलाकार विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेवको सहभागीतामा शुभ-मुहुर्तसँगै छायांकन पारम्भ गरिएको हो ।
एक्सन ड्रामा जनरामा निर्माण हुने यस चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । निर्देशक चौधरीका अनुसार यो चलचित्रमा अभिनेता विपीनलाई पहिलोपटक एक्सन अवतारमा देख्न पाइनेछ ।
यसअघि निर्देशक चौधरीले यसअघि ‘अगस्त्यः च्याप्टर १’को निर्देशन गरेका थिए । ‘कर्मा’ उनको तेस्रो निर्देशकीय फिचर चलचित्र हो ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालको लगानी रहने यो चलचित्रको छायाकंन सुरु हुनु अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भइसकेको छ । यो चलचित्र नयाँ वर्षको छेको पारेर आगामी चैत्रको २९ गते प्रदर्शनमा आउने छ ।