Close sidebar

‘बम बहादुर’को ट्रेलरमा सस्पेन्स, थ्रिल र सोसल ड्रामाको अनुभव

मंसिर २०, २०८१

पुस ५ गते रिलिज हुने चलचित्र ‘बम बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । सस्पेन्स, थ्रिल, र सोसल ड्रामाको अनुभव गराउने ट्रेलरमा विद्रोही भूमिकामा देखिएका अभिनेता सौगात मल्ल केन्द्रमा छन् । ट्रेलरमा ‘साहस र सङ्घर्षको नभनिएको कथा’को रूपमा भारतको दार्जिलिङ क्षेत्रको कथा उठान गरिएको छ । यसअघि टिजरमा ‘अब खुकुरी र बन्दुकले होइन, दिमागले लडौँ । शिक्षित समाजलाई कसैले पनि दबाउन सक्दैन । शिक्षित समाज आफैँमा स्वर बनेर आफ्नो भविष्यका लागि उभिन सक्छ’ भन्ने भाष्य स्थापित गर्न खोजिएको थियो भने ट्रेलरमा एक युवाको मुक्ति सङ्घर्षलाई प्राथमिकतामा राखिएको छ । यो ट्रेलर शाहिल खानले सम्पादन गरेका हुन् ।

‘बम बहादुर’ले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूमा आधारित सन्देशमूलक र ऐतिहासिक सङ्घर्षलाई चित्रण गर्ने नेपाली चलचित्र रहेको निर्देशक जोन राईले बताए ।नेपाल र भारतमा एकै दिन रिलिज हुने यो चलचित्र १९८० को दशक, अर्थात् आजभन्दा करिब ३८ वर्षअघि भएका घटनाहरूमाथि आधारित छ ।

बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि.को निर्माणमा बनेको यस चलचित्रको प्रमुख भूमिकामा सौगात मल्ल रहेका छन् । अन्य कलाकारहरूमा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री, धीरज चाम्लिङ लगायतको अभिनय रहेको छ । ‘बम बहादुर’का निर्माता सञ्जीव सार्की हुन् । जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको यस चलचित्रको छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया