Close sidebar

‘माग्ने बुढा’ उर्फ केदार घिमिरेको डिमान्ड बढ्दो

मंसिर १८, २०८१

माग्ने बुढाको नामले चर्चा कमाएका कलाकार केदार घिमिरेको अहिले नेपाली चलचित्रमा माग उच्च छ । केदारले चलचित्रमा काम गरेवापत पारिश्रमिक पनि महंगो लिने गरेका छन् । हामीलाई प्राप्त जानकारी अनुसार, उनले एउटै चलचित्र मार्फत ५० लाखसम्मको पारिश्रमिक बुझ्ने गरेका छन् ।

अहिले चलचित्र ‘जेरीः अन टप’को छायांकनमा व्यस्त रहेका केदारअले चलचित्र ‘कंगारु’ पनि साइन गरेका थिए । तर, यो चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ त्यो भने यकिन भएको छैन ।

भर्खरै उनले ऋषि लामिछानेको निर्देशन तथा मुनाल घिमिरेको निर्माणमा बन्न लागेको चलचित्रमा पनि साइन गरिसकेका छन् । अब, केदार रोहित अधिकारीको निर्माणमा बन्न लागेको चलचित्र ‘माइतीघर’मा पनि काम गर्दैछन् ।

अब यसरी हेर्ने हो भने केदारको हातमा अहिले चलचित्रको लाइनअप गज्जबकै देखिन्छ । त्यस्तै, उनले दीपकदीपाको अर्को बर्ष बन्ने चलचित्रको लागि पनि काम गर्ने पक्का गरेका छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया