Close sidebar

नेपालगन्जमा चलचित्र ‘ह्रस्व दीर्घ’को ब्यापार २५ लाख माथी

मंसिर ६, २०८१

नेपालगन्ज,शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘ह्रस्व दीर्घ’ ५ करोड क्लबमा प्रवेश गरेको छ । चलचित्रले हिजो बुधबार देशभरमा हलमा हाउसफुलमय ब्यापार गर्दा चलचित्रको एक साताको व्यापार ५ करोड १० लाख माथिको रहेको निर्माण टिमको दाबी छ । मोफसल नेपालगन्जमा चलचित्रले सिनेमाघर सिनेरोयल र क्युएफएस्कमा गरि २५ लाख माथीको ब्यापार गरेको छ । चलचित्र हेर्ने दर्शकको आज पनि सिनेमाघरमा राम्रो उपस्थिति रहेको छ।
चलचित्रमा विशेषगरि बेलुकी र रात्रीकालिन शोजमा दर्शकको चाप उच्च रहेको देखिन्छ । बिहानी र दिउँसोको शोजमा दर्शकको चाप औषत देखिएको छ ।
नीता ढुंगाना निर्माता रहेको चलचित्रले नेपालबाट मात्र लगानी सुरक्षित गर्न अझै ९ करोड माथिको ग्रस कलेक्शन गर्नुपर्ने हुन्छ । चलचित्रको बलियो वर्ड अफ माउथ रहेका कारणले पनि चलचित्रको शोजको गति सुखद देखिएको हो ।
चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्रमा नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप राउत, ब्रम्मानन्दम, अली, विपना थापा, किरण केसी, सरोज खनाल, गरिमा शर्मा, प्रशान्त ताम्राकार लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया