Close sidebar

नेपालगन्जमा “खुस्मा”को रात्री शो पनि हाउसफुल,ब्यापार कति ?

अशोज ८, २०८१

नेपालगन्ज,असोज ३ अर्थात् गत बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘खुस्मा’ले आज नेपालगन्जमा हाउसफुलमय ब्यापार गरेक छ । सशस्त्र द्धन्द्वकालको कथामा निर्माण भएको चलचित्र हेर्न आज पनि नेपालगन्जका सिनेमाघरमा दर्शकको बाक्लो उपस्थिति रहेको छ ।

चलचित्र हेरेर हलबाट निस्कदै गर्दा सवैले चलचित्र उत्कृष्ट बनेको भन्दै निर्देशक अशोक थापामगर निर्देशकिय पक्ष तथा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको तारिफ गरेका छन् ।
चलचित्रले राजधानी लगायत मोफसलका सिनेमाघरमा हाउसफुलमय ब्यापार गरेको छ । नेपालगन्जको सिनेमाघर सिनेरोयलमा चलचित्रले पाएको सबै ६ शो नै लगभग हाउसफुल रहेको सिईओ रितेश श्रेष्ठले बताए ।

नेपालगन्जको क्यु एफ एक्स सिनेमाघरमा पनि चलचित्र हेर्ने दर्शकको राम्रो उपस्तिथि रहेको छ । चलचित्र हेर्ने आजको दर्शकको चापले भोलीको शोहरु पनि हाउसफुलमय हुने पक्का छ। आजको दर्शकचाप हेर्दा चलचित्रले दुबै हलमा गरि आज मात्र ३ लाख माथीको ब्यापार गरेको अनुमान छ ।

चलचित्रको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन , मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् भने चलचित्रमा दिपक बज्राचार्यको छायांकन रहेको छ ।

चलचित्रमा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित चलचित्रले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्मसले गर्नेछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया