Close sidebar

नेपालगन्जमा चलचित्र “खुस्मा”हाउसफुल, दर्शकको माग पछि सिनेरोयलले थप्यो शो

अशोज ३, २०८१

नेपालगन्ज,असोज ३ अर्थात् आज बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘खुस्मा’ ले मंगलबार साँझ कमलपोखरीस्थित बिग मूभिजमा भव्य प्रिमियर शोको आयोजना गरेको थियो ।

चलचित्रको प्रिमियरमा सशस्त्र द्धन्द्वकालको कथामा निर्माण भएको चलचित्र हेर्न राजनिज्ञ, सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही, निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ, घनश्याम लामिछाने, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई, लेखक प्रदीप भारद्धाज, निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, अभिनेताद्धय सलिनमान बनियाँ र आर्शिवाद क्षेत्री, अभिनेत्री गौमाया गुरुङ, पशुपति राई, लुनिभा तुलाधर तथा रुकुमका स्थानिय बासिन्दा पनि चलचित्र हेर्न हल पुगेका थिए । चलचित्र हेरेर हलबाट निस्कदै गर्दा सवैले चलचित्र उत्कृष्ट बनेको भन्दै निर्देशक अशोक थापामगर निर्देशकिय पक्ष तथा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको तारिफ गरेका थिए ।

अब कुरा गरौ आजको माहोलको । चलचित्र प्रिमियरमा चलचित्रको बारेमा नराम्रो भन्ने सायदै कोहि भेटिन्छन् होला र? तर प्रिमियरमा तारीफको ओइरो लागेको चलचित्रले पानी सम्म नमागेको ज्वलन्त उदाहरण हामी संगै छ । प्रिमियर के भयो त्यो हेर्नेलाई नै थाहा होला तर चलचित्रले भने आफ्नो प्रदर्शनको पहिलो दिन नै बाजी मार्यो । प्रदर्शनमा आएको पहिलो दिनमै चलचित्रले देशभरिका सिनेमाघरहरुमा दर्शकको लर्को लगाएको छ ।

राजधानी लगायत मोफसलका सिनेमाघरमा चलचित्रले हाउसफुलमय ब्यापार गरेको छ । नेपालगन्जमा चलचित्रले पाएको शो मै थप ३ शो गरि आफ्नो प्रदर्शन कायम गरेको छ । नेपालगन्जको सिनेरोयलमा खुस्मा हेर्ने दर्शक बढेपछि शो थपिएको बारे सिईओ रितेश श्रेष्ठले बताए ।

नेपालगन्जको सिनेरोयल र क्यु एफ एक्समा चलचित्र हेर्ने आजको दर्शकको चापले भोलीदेखि अझै राम्रो व्यापार हुने पक्का छ।
चलचित्रमा निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन , मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् भने चलचित्रमा दिपक बज्राचार्यको छायांकन रहेको छ ।
चलचित्रमा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित चलचित्रले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्मसले गर्नेछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया