Close sidebar

दोश्रो हप्तामा “रावायण”, नेपालगन्जमा १४ लाख माथिको ब्यापार

भदौ ३०, २०८१

नेपालगन्ज, गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र रावायण यतीबेला दोश्रो हप्तामा प्रदर्शन भइरहेको छ । चलचित्रले दर्शकहरु बाट मिश्रित प्रतिकृया पाइरहेको छ। चलचित्रमा दर्शकले एक्सनको पाटोलाई धेरै रुचाएको पाईन्छ । कतीलेत चलचित्र हेर्दा साउथ इन्डियन जस्तै लाग्छ पनि भनेका छन् । भने पल शाहले गरेको एक्सनलाई धेरैले मन पराएका छन् । चलचित्र रिलिजपछि काठमाडौं उपत्यकाका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेको टिमले गतहप्ता मोफसलका दर्शकहरुको प्रतिक्रिया लिएको थियो।

मोफसल नेपालगन्जमा चलचित्रले आजको दिनसम्ममा १४ लाख माथिको ब्यापार गरेको छ। चलचित्रले देशभरीका सिनेमाहलमा एक करोड २५ लाख माथिको ब्यापार गरेको चर्चा छ। माउथ पब्लिसिटीकै कारण चलचित्रले आफ्नो ब्यापारलाई निरंतरता दिने देखिन्छ।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा निर्माण भएको चलचित्रकी निर्माता पुजा शर्मा हुन् । चलचित्रमा सुशन पाठक कार्यकारी निर्माता छन् । चलचित्रमा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया