Close sidebar

बनेपामा आँचल र विवेकले गरे ‘कन्या पूजा’

भदौ १०, २०८१

कृष्ण जन्माष्टमीको अवसर पारेर आज बनेपामा आयोजना भएको ‘कन्या पूजा’मा नायिका आँचल शर्मा, नव–नायक विवेक कर्मचार्य, कलाकार किरण केसी, रविन्द्र खड्का, मोडलद्धय कुसुम शर्मा र विजु पार्की सहभागी भए । ‘कन्या पुजा सनातन गुठी’ले हरेक बर्ष कृष्णाष्टमीको अवसर पारेर यो कार्यक्रमको आयोजना गर्दै आएको छ ।
दश हजार भन्दा बढी दर्शकको उपस्थिती रहेको उक्त कार्यक्रममा फिल्म ‘वर एण्ड वधु’का मुख्य कलाकारहरुले ‘कन्या पूजा’ गरे ।

सो अवसरमा फिल्मका कलाकारहरुले हजार बढी बालिकाहरुलाई कापी र खानेकुरा वितरण गरेका थिए । हरेक बर्ष आयोजना हुने ‘कन्या पूजा’मा पहिलो पटक सहभागी हुन पाउँदा निकै खुशी र आनन्द लागेको नायिका आँचल शर्माले बताइन् । करिब एक घन्टा भन्दा बढी समय कन्याहरुलाई कापी र विस्कुट वितरण गरेकी आँचलले निकै नै हर्षित भएको अनुभव सुनाइन् । यस्तै, फिल्मका नायक विवेक कर्मचार्यले आफूले विगत ४ बर्षदेखि निरन्तर रुपमा ‘कन्या पूजा’मा आएर विभिन्न कुराहरु दान गर्ने गरेको सुनाए ।

भदौको १४ गते अर्थात शुक्रबारदेखि रिलिजमा आउन लागेको यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । जानुका थापाको लगानी रहेको फिल्ममा अमित रिजाल कार्यकारी निर्माताको रुपमा छन् । फिल्मको ट्रेलर र गीतसंगीतलाई दर्शकले रुचाएका कारण पनि बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा निर्माणटिमको छ ।
एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मले प्रेम, रोमान्स, धोका र कमेडीको कथा भन्छ । ‘कन्या पूजा’को अवसरमा फिल्मको निर्माण टिमले १ लाख ११ हजार नगद सहयोग गरेको थियो ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया