Close sidebar

बागेश्वरी चलचित्र मन्दिर ३६ औं बर्षमा प्रवेश

भदौ ५, २०८१

नेपालगन्ज , नेपालगन्जको न्यूरोडमा रहेको बागेश्वरी चलचित्र मन्दिर ३६ औ बर्षमा प्रवेश गरेको छ । स्थापना भएको ३५ वर्ष र त्यसबाट परिमार्जित हुँदै क्यूएफएक्स स्थापनाको आठौं वर्ष पूरा गर्दै क्यूएफएक्स बागेश्वरी सिनेमाजले ३६ औ बर्षको पाइला सुरु गरेको छ ।

सन् २००१ मा काठमाडौंको जय नेपाल हलबाट क्यूएफएक्सले उत्साहित रुपमा मनोरन्जन व्यवसायको सुरुवात गरेको हो । त्यसको पन्ध्र वर्षपछि सन् २०१६ अगस्टदेखि तत्कालिन बागेश्वरी चलचित्र मन्दिरलाई क्वेष्ट इन्टरटेन्मेन्टको विशेषज्ञतामा आवस्यक सुधार गरी क्यूएफएक्स बागेश्वरी सिनेमाजका रुपमा सन्चालनमा ल्याइएको थियो ।

अगस्ट १२ देखि सञ्चालनमा आएता पनि बागेश्वरी चलचित्र मन्दिर विसं २०४६ भाद्र ४ गतेदेखि सुरुवात भएको हुँदा भाद्र ४ गते नै स्थापना दिवस मनाईदै आएको छ ।

दर्शकहरुको चाहाना र मागलाई पूरा गर्दै स्थापना दिवस कै अवसर पारेर अहिले हलमा सौन्दर्यकरण गर्नुका साथै नयाँ लेजर लाईट प्रोजेक्टर , एसी र साउण्ड सिस्टम थप जडान गरिएको छ।

बागेश्वरी चलचित्र मन्दिर सुरुवात हुँदा नेपाली चलचित्र लाहुरे र क्यूएफएक्स बागेश्वरी सिनेमाज हुँदा नेपाली चलचित्र जय परशुराम अनि हिन्दि चलचित्र रुस्तम प्रदर्शन भएको थियो ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया