आउदो भदौ ७ गतेदेखी प्रदर्शनमा आउने चलचित्र ‘सतीदेवी’को रोमान्टिक गीत ‘माया बसेको रैछ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार मलिका महत र सन्दीपबाबु लोहनी फिचर्ड छन् ।
दीपक शर्माको संगीत निर्देशन तथा निर्देशक सुवेदीको शब्द रचना रहेको गीतमा प्रताप दास र दीपा लामाको स्वर छ । सार्वजनिक गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी हेर्न सकिन्छ । चलचित्रले यसअघि सार्वजनिक पोस्टर, गीत, टिजर तथा ट्रेलर बाट राम्रै चर्चा बटुलेको छ ।
रंग पत्रकार लक्ष्मण सुवेदीको निर्देशनमा तयार भनेको चलचित्रले यसअघि विभिन्न अवार्डमा समेत उत्कष्ट चलचित्रको अवार्ड जितिसकेको छ ।
छोरी हुनुको महत्व के ? भन्ने कुरा समाजलाई बुझाउन खोजिएको चलचित्रमा मलिका र सन्दीपका अलावा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठको पनि अभिनय छ । निर्देशक सुवेदी स्वयंको लेखन रहेको चलचित्रकी निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् ।
दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको संयुक्त प्रस्तुति रहेको चलचित्रमा बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत छ ।