अभिनेता पल शाह र अभिनेत्री पुजा शर्माको मुख्य भुमिका रहेको चलचित्र रावायणको पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पल र पुजासँगै निर्देशक सुदर्शन थापा पनि फिचर्ड छन् ।
रेभन आरती सिंहको संगीत कम्पोज रहेको गीतमा डाक्टर कृष्ण हरि बरालको शब्द रचना र नकास अजिजको स्वर छ । विक्रम स्वारको कोरियोग्राफी रहेको गीतको भिडियो र अडियो धमाकेदार छ। चलचित्रको सार्वजनिक गीतको अडियोको काम भने भारतको मुम्बईमा गरिएको हो ।
सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको व्यानरमा बनेको चलचित्रकी निर्माता पुजा शर्मा हुन् । सुशन पाठक कार्यकारी निर्माता रहेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन। चलचित्रमा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायत कलाकारको अभिनय छ ।
चलचित्रमा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन रहेको छ ।