नेपालगन्ज, यही दशैंको फूलपातीको अवसर पारेर असोज २४ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने चलचित्र ‘छक्का पञ्जा ५’को पहिलो गीत सार्वजनिक भएको छ ।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको निर्देशनमा निर्माण भएको चलचित्रको ‘बिहे भाको छैन्’ बोलको गीतमा चलचित्रका दुई मुख्य कलाकार दीपक राज गिरी र वर्षा सिवाकोटी फिचर्ड छन् ।
सार्वजनिक गीतमा दीपक शर्माको संगीत, अभिनेता तथा निर्माता गिरी र संगीतकार शर्माको शब्द रचना रहेको गीतमा सवीन शर्मा र बेनिशा पौडेको स्वर सुन्न सुकिन्छ । रिकेश गुरुङले एरेञ्ज गरेको गीतको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी हेर्न सकिन्छ ।
आमा सरस्वती मुभिज र आएमईको प्रस्तुतीमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् । चलचित्रमा दीपक, वर्षाका अलवा केदार घिमिरे (माग्ने बुढा)को पनि मुख्य भुमिका रहेको छ । तर, अन्य कलाकार को–को रहेका छन् भन्ने जानकारी निर्माण टिमले खुलाएको छैन।
अभिनेता निर्माता दीपक राज गिरीको पटकथा रहेको चलचित्रको कथा र संवाद दीपक, केदार र दीलिप तामाङले मिलेर लेखेका हुन् । हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको छायांकन, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, कपिल पराजुलीको कलर रहेको चलचित्रमा विपिन मल्लको सम्पादन छ ।
श्री ब्यंकटेश इन्टरटेनमेन्ट र माता पाथिभार फिल्मस्ले चलचित्रलाई वितरण गर्दैछन् ।