Close sidebar

चलचित्र ‘नम्बरी सुन’को प्रचारप्रसारमा तीव्रता,मोफसलका अटोरिक्सामा ब्यानर

साउन २२, २०८१

नेपालगन्ज,यही साउन २५ गते शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘नम्बरी सुन’को प्रचारप्रसारमा निर्माण टिमले तीव्रता दिएको छ । ट्रेलर सार्वजनिक भएपछि चलचित्र नम्बरी सुन चर्चामा छ ।

यसैबीच चलचित्रको टिमले मोफसलका अटोमा ब्यानर राख्दै चलचित्रको प्रचारप्रसारलाई तीव्रता दिएको हो । सामाजिक संजालको पहुँचमा नभएका र बजार देखि गाउँ सम्म अटो गुड्ने भएकाले सबैको अगाडि प्रत्यक्ष ब्यानर र चलचित्रको बारे जानकारी समेत देखिने भएकाले यो प्रचार शैली पनि राम्रो प्रचार माध्यम भएकाले नेपालगन्ज लगायत मोफसलका विभिन्न ठाउँमा अटोमा ब्यानर राखी प्रचारप्रसार गरेको निर्माण टिमले जानकारी गराएको छ ।

केही दिन अघिमात्रै सार्वजनिक भएको ट्रेलरमा प्रेम र द्वन्द्वलाई स्थान दिइएको छ । गाउँको मुखिया बनेका अभिनेता सरोज खनालको हुकुमी शैलीलाई ट्रेलरमा देखाइएको छ । उच्च र तल्लो वर्गका बीचको प्रेम र त्यो प्रेमले निम्त्याउने घटना परिघटनालाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा फिल्मकी नायिका नम्रता सापकोटाले उच्च वर्ग र नायक गौरव पहाडी तल्लो वर्गको प्रतिनिधित्व गरेको बुझ्न सकिन्छ ।

राजु गिरी निर्देशित फिल्मको प्रस्तुतकर्ता नारायण खाती हुन् । । चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ ।
सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ । निर्माण पक्षले खल्ती एपबाट फिल्मको टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरका ७ जना दर्शकलाई सुन उपहार दिने घोषणा समेत गरिसकेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया