नेपालगन्ज , गत श्रावण महिनाको ११ गते देखि संचालनमा आएको सिनेमाघर सिने रोयल आज बाट दोश्रो बर्षमा प्रवेश गरेको छ।
संचालनमा आएको १ बर्ष भित्रमा २१६,६३० भन्दा बढी दर्शकले चलचित्र हेरेको सिनेरोयलका सिओओ रितेश श्रेष्ठले जानकारी गराउनु भयो । श्रेष्ठका अनुसार संचालनको एक बर्षमा नेपाली चलचित्र महाजात्राले ५१ दिन मनाउन सफल भयो भने सर्वाधिक व्यापार गर्ने चलचित्र परदेशी २ बनेको छ ।
पश्चिम् नेपालमै पहिलो पटक उत्कृष्ट साउन्ड क्वालिटी आरामदायी सिट,सुविधाजनक र राम्रो ब्यवस्थापन रहेको सिनेमाघर सिनेरोयल अहिले धेरै दर्शकको रोजाइको सिनेमाघर बन्ने गरेको छ ।
सिनेरोयलमा एक बर्ष भित्र प्रदर्शनमा आएका नेपाली चलचित्रहरु मध्य परदेशी २, महाजात्रा , दिमाग खराब, बोक्सीको घर , पुजार सार्की लगायतका चलचित्रहरुले राम्रो ब्यापार गरेका छन् ।