Close sidebar

चलचित्र `सतीदेवी´को फोटो प्रतियोगीता,बिजेतालाई नगद उपहार

साउन ७, २०८१

नेपालगन्ज, अभिनेत्री मलिका महतको शीर्ष भूमिका रहेको नारीप्रधान चलचित्र ‘सतीदेवी’ आउदो भदौ ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रले नयाँ मितिसहितको पोस्टर समेत सार्वजनिक गरिसकेको छ । चलचित्रमा मलिकाले सतीदेवी नामक चरित्र निर्वाह गरेकीछन् । छोराको आशामा लगातार छोरी जन्माउने सामाजिक मनोविज्ञानलाई कटाक्ष गरिएको यो चलचित्रले नेपालभित्रका केही फिल्म फेस्टिभलमा अवार्ड समेत हात पारेको छ।

चलचित्रको प्रदर्शन मिती नजिकिदै गर्दा चलचित्रको टिमले प्रचार प्रसारमा तिब्रता बढाएको छ । चलचित्रका निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीले आफ्नो सामाजिक सन्जालमा एक पोस्ट गर्दै फरक सैली र नारी केन्द्रित फोटो प्रतियोगीता घोषणा गरेका छन् । उनी लेख्छन

आमा,दिदीबहिनी,छोरी-चेलीमा समर्पित `सतीदेवी´ को फोटो प्रतियोगीता..
ठुङ मार्नुस्,नगद पुरस्कार जित्नुस।

प्रतियोगीतामा यसरी भाग लिन सकिन्छ

देश,बिदेश,बिश्वभरबाटै जुनसुकै उमेरका नेपाली नारी,महिलाले भाग लिन सक्नु हुन्छ । त्यसका लागि परिवारमा रहेका महिला सदस्यहरु बसेर ठुङ मार्दै गरेको एउटा फोटो खिच्नुस र “फिल्म `सतीदेवी´०७ भदौबाट प्रदर्शन हुदैछ´´ लेखेर ३१ साउनको मध्यरातीभित्र आफ्नो फेसबुक र इन्स्टाग्राममा पोस्ट गर्नुहोस । अनि फिल्मको अफिसियल फेसबुक पेज Sati Devi Nepali Movie “सतीदेवी´´ लाई ट्याग/मेन्सन गर्नुका साथै सो फोटो यही पेजको इन्बक्समा पठाउनु पर्ने छ । इन्स्टाग्राममा पोस्ट गर्दा चाहिँ @Ladmanzee मा ट्याक गर्नुपर्ने छ ।
तपाईहरुले पोस्ट गरेर इनबक्स गरेका मध्येबाट प्रथम हुने फोटोलाई रु २०,०००/-,दोश्रोलाई १०,०००/- र तेश्रो स्थान हासिल गर्ने फोटोलाई रु ५,०००/- नगद पुरस्कार प्रदान गरिने छ । पुरस्कार बिजेताहरुको नाम र पुरस्कृत फोटाहरु ०३ भदौमा Sati Devi Nepali Movie “सतीदेवी´´ पेजमा प्रकाशीत गरिने छ । बिजेतालाई सोही दिन अनलाइनमार्फत नगद पुरस्कार प्रदान गरिने छ ।

चलचित्रमा मलिकाका अलावा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीको अभिनय छ ।

दिलासा र साराको प्रस्तुती रहेको चलचित्रको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् । दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको चलचित्रमा सुवेदीकै पटकथा र संवाद छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया