Close sidebar

‘तेल भिसा’को छायांकन ३५ दिनमा प्याकअप

साउन ६, २०८१

शंकर घिमिरेको निर्देशनमा निर्माण भएको सिनेमा तेल भिसाको छायांकन ३५ दिनमा प्याकअप भएको छ । ७० प्रतिशत छायांकन अमेरिकामा गरिएको सिनेमाको बाँकी ३० प्रतिशत छायांकन चितवनमा सेट लगाएर गरिएको हो ।

सिनेमाको इन्डक्ल्याप कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेर रेणु दाहाल समेत उपस्थित थिइन् । उनले चितवनको भरतपुरमा सिनेमा छायांकन गरेकोमा निर्माण टिमलाई धन्यवाद दिनुका साथै तेल भिसालाई सफलताको शुभकामना समेत दिएकी थिइन् । यस्तै, सिनेमाले उठाएको विषयवस्तु गहन भएकाले आफु यो सिनेमा हेर्न समेत उत्सुक भएको बताइन् ।

यो सिनेमाबाट निर्देशक शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा कमव्याक गर्दैैछन् । यसअघि उनले ‘विष’, ‘विरताको चीनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’ लगायतका सिनेमा निर्माण तथा निर्देशन गरेका थिए । यो सिनेमामा अभिनेता विपिन कार्की पहिलो पटक दोहोरो भुमिकामा देखिएका छन् ।

सिनेमामा विपिनको जवान र बृद्ध गरि दुई फरक अवतार दर्शकले हेर्न पाउने छन् । मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा विपिनका अलवा वर्षा राउत, ऋचा घिमिरे, पुजा चंद र बुद्धि तामाङको मुख्य भुमिका रहेको छ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया