नेपालगन्ज, चलचित्र ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत रिलिज भएको छ। सार्वजनिक भएको ‘उडायो मन’ बोलको गीत अहिले चर्चामा छ। असोज १७ गते घटस्थापनामा रिलिज हुने चलचित्रको गीतमा नेपाली भाषासँगै थारु भाषाको गीतसमेत मिश्रण गरिएको छ । सो गीतका मूल सर्जक केशवराज महतो हुन् भने थारु शब्दको पुनर्लेखन अशोक थनेतले गरेका हुन् । गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का मुख्यरुपमा फिचर भएकी छन् । उनका अलावा सिम्रिक खड्का तथा निश्चल बस्नेत फिचर भएका छन् । गीतको कोरियोग्राफी शेखर घर्ती मगरले गरेका हुन् ।
चलचित्रमा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ । सिनेमामा केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी रहेको छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय चलचित्र हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । चलचित्रको कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।
अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।