नेपालगन्ज, चलचित्र ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट १७ सेकेन्ड लामो ट्रेलरमा चलचित्रका प्रमुख कलाकार अभिनेत्री वर्षा शिवाकोटी, नव अभिनेता अमरप्रताप श्रेष्ठ,प्रवीण खतिवडा,सरोज खनाल, रेजिना उप्रेती,कमलमणि नेपाल, जीवन भट्टराई, दिलिप केसी लगायतका कलाकारलाई देख्न सकिन्छ। हरर थिम,लभ स्टोरी,एक्सन,र सामाजिक कथामा आधारित चलचित्रलाई शंकर कोइरालाले निर्देशन गरेका हुन् ।
डिनेस्ट इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा आनन्द बिक्रम क्षेत्रीको लेखन रहेको छ। जहाँ दिलिप केसी चलचित्रका निर्माता समेत हुन् भने सह-निर्माताको रुपमा हरि श्रेष्ठ रहेका छन्। चलचित्र यही साउन १८ गते बाट प्रदर्शनमा आउँदैछ।
ट्रेलर