Close sidebar

‘माइली’को दुई गीत रेकर्ड

असार २१, २०८१

काठमाडौं । रुना इन्टरटेनमेन्टको ब्यानरमा बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशनमा निर्माण हुने फिल्म ‘माइली’को बिहीबार एकसाथ दुई गीत रेकर्ड गरिएको छ । काठमाडौंको अनामनगरस्थित २१ स्टुडियोमा ‘न त दिनले साथ दियो, न त दियो रातले’ र ‘खोली सलल छमछमी नाँचेपछि मनै झलल’बोलका गीत रेकर्ड गरिएको हो ।


गीत ‘न त दिनले साथ दियो, न त दियो रातले’मा अस्मिता अधिकारीको स्वर र ‘खोली सलल, छमछमी नाँचेपछि मनै झलल’ मा शान्ति श्री परियार र विन्दु परियारको स्वर छ । दुवै गीतमा शंकर अधिकारी ‘घायल’को शब्द र राजेन्द्र बजगाइँको संगीत छ ।


यो फिल्ममा नायिका प्रियंका कार्की अनुबन्धित भइसकेकी छन् । निर्देशक बलामीले सत्यघटनामा आधारित फिल्ममा श्रीमान नभएकी दलित महिलालाई समाजले हेर्ने दृष्टिकोण, नाबालक छोरी हुर्काउन ती महिलाले गरेको संघर्ष र समाजले जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने विषय उठान गरिने बताए । फिल्ममा शंकर अधिकारी ‘घायल’को पटकथा तथा संवाद छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया