नेपालगन्ज,चलचित्र ‘बुलाकी’ पुनः रिलिज हुने भएको छ । चलचित्र आउदो साउन ३२ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको हो । लक्ष्मण सुनारको निर्देशन तयार भएको चलचित्रका लेखक राजबहादुर साने हुन् ।
टोपेन्द्र विष्ट निर्माता रहेको चलचित्र चलचित्र ‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन,रितिरिवाज,जारी प्रथाको कथा वारीपरी घुमेको छ। चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त, बिराज बिष्ट मुख्य भूमिकामा छन् । चलचित्रमा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका अलवा प्रकाश कँडेल र सरस्वती खत्रीको पनि अभिनय छ ।
नयाँ रिलिज मिती :- साउन ३२
छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको चलचित्रलाई शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको चलचित्रमा राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद छ । डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा छायांकन भनेको चलचित्र बुलाकी गत वर्ष वैशाख १ गते ‘जारी’ र ‘विहेपास’सँग रिलिज भएको थियो ।