नेपालगन्ज, जेठ १० गते बुद्ध जयन्तीको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘पुजार सार्की’ले आजको दिनसम्म पनि देशभरिमा केही हलहरुम हाउसफुलमय ब्यापार गरिरहेको छ । चलचित्रले मोफसल नेपालगन्जमा आज चलचित्रले हाउसफुलमय व्यापार गरेको छ ।
नेपालगन्जको सिनेरोयलमा चलचित्रले आज पनि हाउसफुलको व्यापार गरेको छ । मोफसल नेपालगन्जमा रहेको क्युएफएक्स सिनेमाजमा पनि चलचित्रले राम्रो ब्यापार गरिरहेको छ । प्रदर्शनको २१ औ दिन सम्म आउदा पनि चलचित्र हेर्ने दर्शकको उपस्तिथिमा भने कमि आएको छैन ।
अन्तर जातीय प्रेम कथा, जातीय विभेद र समाजमा जातीय विभेदको लडाईको कथालाई दर्शकले औधी मन पराएका छन् । चलचित्रको कथा र पात्रको अभिनय र गीत संगीत चलचित्रको बलियो पाटो हो । दिनेश राउतको निर्देशनमा तयार भनेको चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् ।
चलचित्रमा आर्यन सिक्देल , प्रदिप खड्का , पल शाह,अञ्जना बराइली,परीक्षा लिम्बु,मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् । चलचित्रमा भुसालकै संगीत निर्देशन छ । राजेश श्रेष्ठको डिओपी रहेको चलचित्रमा सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् ।