नेपालगन्ज,आउदो असार ७ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘दान्भी’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘मायाको खानी’ बोलको रोमान्टिक गीतको भिडियोमा अभिनेत्री पूजा शर्मा र अभिनेता कुन्साङ बोमजोमलाई रोमान्टिक मूडमा प्रस्तुत गरिएको छ ।
नेपाल र भारतको विभिन्न रमणिय लोकेशनमा खिचिएको गीतमा सुरेश लामा र ममता गुरुङको स्वर, अर्जुन पोखरेलको संगीत, प्रदिप प्रखर पोखरेलको शब्द छ ।रुपेश तामाङको निर्देशनमा तयार भएको चलचित्रमा पवन राना मगर कार्यकारी निर्माताको रुपमा रहेका छन् । देव मगर र अनुप गडाल निर्माता रहेको चलचित्रमा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् ।
चलचित्रमा सन्जोग कुवँर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरि प्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । निर्माणपक्षका अनुसार टिजर सार्वजनिक भइसकेको यो चलचित्रको केही दिनमै ट्रेलर पनि सार्वजनिक हुँदैछ ।