नेपालगन्ज,जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने चलचित्र ’पुजार सार्की’को तेस्रो गीत ’जाऊँ माया’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम प्राप्तिमा देखिएका पीडालाई देखाइएको छ । यस्तै मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको प्रेम अनी पिडा पनि गीतमा देखाइएको छ ।
अन्तरजातीय प्रेमले निम्त्याएको सामाजिक यातना र त्यस्को प्रतिकारको कथामा आधारित चलचित्रको यस गीतमा बि. पाण्डेले शब्द रचना गरेका छन् भने केतन क्षेत्रीको स्वर रहेको छ । भने खप्पिस पाण्डेले मार्मिक शब्द लेखेका छन् । उनका शब्दलाई सुवास भुसालको सङ्गीत र केतन क्षेत्रीको स्वरले मन छुने बनाएको छ ।
चलचित्रमा दर्शकको रोजाइका तीन स्टारहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरेका कारण पनि दर्शकको प्रतीक्षामा परेको छ । ट्रेलर रिलिजसँगै प्रदीपको अभिनयको प्रशंसा भइरहेको छ भने आर्यन र पलले निभाएको फरक भूमिकाको पनि चर्चा भइरहेको छ। अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ । चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ।