नेपालगन्ज, गत बर्ष चैत्र ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘महाजात्रा’ले भोली शनिबार देशका विभिन्न हलमा ५१ दिनको यात्रा तय गर्दैछ । यस्तै मोफसल नेपालगन्जको सिनेमाघर सिने रोयलमा चलचित्र महाजात्राले भोली शनिबार ५१ दिनको केक काट्ने तयारी गर्दै छ।
भोलि पत्रकार, दर्शक र सिनेमाघर परिवारका बिच एक कार्यक्रमको आयोजना गर्दै केक सेलिब्रेशन गर्ने तयारी रहेको सिने रोयलका सि.ओ.ओ रितेश श्रेष्ठले चित्रभित्रलाई जानकारी गराउनु भयो ।
सिने रोयल सन्चालनमा आएको १० महिना मात्रै भेएको छ । सिने रोयलमा ५१ दिन मनाउने महाजात्रा पहिलो चलचित्र हो । नेपालगन्जमा २०७९ मा चलचित्र महापुरुषले ५१ दिन मनाएको थियो ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको निर्माणमा तयार भएको चलचित्रलाई प्रदीप भट्टराईले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको अभिनय छ ।
यसअघि ‘जात्रा र जात्रै जात्रा’ले पनि बक्स अफिसमा ५१ दिनको यात्रा तय गरेका थिए ।