Close sidebar

नेपालगन्जमा `बोक्सीको घर´लाई पहिलो हप्तामा ७ हजार बढी दर्शक,२० लाख माथीको ब्यापार ।

बैशाख २१, २०८१

नेपालगन्ज, गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘बोक्सीको घर’ यतिबेला देशभरका हलमा सफलताका साथ प्रदर्शन भइरहेको छ । चलचित्रले आज शुक्रबारबाट दोश्रो हप्तामा प्रवेश गरेको छ । चलचित्रले प्रदर्शनको पहिलो हप्ता देशभरिका हलमाहरुमा चाखलाग्दो व्यापार गर्यो भने धेरै शोजहरु हाउसफुलमय बने ।


चलचित्रको सफलतामा निर्देशक सुलक्षण भारतीको चर्चा पनि मज्जालै चुलियो । भारतीकै लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा समाजमा महिलालाई कसरी बोक्सीको आरोप लगाईन्छ र कसरी समाजमै रहेका ब्यक्तिहरुबाट यातना दिइन्छ भन्ने कथालाई प्रस्तुत गरिएको छ । सामाजिक कथा भएकै काराणले पनि चलचित्रको कथाबस्तु र प्रस्तुतिकरणलाई दर्शकले मन पराएका छन् । चलचित्रको कथाले महिला दर्शकलाई हलसम्म मज्जालै तान्यो ।


चलचित्रले नेपालगन्जमा पनि उदाहरणीय व्यापार गरेको छ । चलचित्रले प्रदर्शनको पहिलो हप्तामै नेपालगन्जमा मात्र २० लाख माथीको व्यापार गरेको छ । भने चलचित्रलाई नेपालगन्जमा रहेका दुबै सिनेमाघरमा गरि ७ हजर भन्दा बढी दर्शकले हेरेका छन् । चलचित्रले दोश्रो हप्तामा पनि राम्रो व्यापार गर्ने अनुमान छ। चलचित्रले पहिलो हप्तामा मात्र देशभरीका सिनेमाघरबाट ५ करोड ४५ लाख बराबरको ब्यापार गरेको रेकर्ड सार्वजनिक गरेको छ ।


केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा केकी अधिकारी, सुपला सापकोटा रमा थपलिया,सुष्मा निरौला, सबिन बास्तोला लगायत कलाकारको अभिनय रहेको छ ।


बद्री अधिकारी निर्माता रहेको चलचित्रमा राज घिमिरे कार्यकारी निर्माताका रुपमा रहेका छन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले चलचित्रलाई वितरण गरेको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया