नेपालगन्ज,हिजो शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘बोक्सीको घर’ यतिबेला देशभरका हलमा सफलताका साथ प्रदर्शन भइरहेको छ । चलचित्रले हिजो राजधानी लगायत मोफसलका हलमा ७०/९० प्रतिशतको अकुपेन्सी गरेको थियो भने आज सनिवार चलचित्रले देशभरिका हलमा हाउसफुलमय ब्यापार गरिरहेको छ ।
सुलक्षण भारतीको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा समाजमा महिलालाई कसरी बोक्सीको आरोप लगाईन्छ र कसरी समाजमै रहेका ब्यक्तिहरुबाट यातना दिइन्छ भन्ने कथालाई प्रस्तुत गरिएको छ ।
सामाजिक कथा भएकै काराणले पनि चलचित्रको कथाबस्तु र प्रस्तुतिकरणलाई दर्शकले मन पराएका छन् । हलमा दर्शकको सहभागिता हेर्दा महिलाको उपस्तिथि बाक्लो देखिन्छ ।
नेपालगन्ज स्थित सिनेमाघर सिनेरोयलका सि.ओ.ओ रितेश श्रेष्ठले भने राम्रो कथाबस्तु भएको नेपाली चलचित्र निर्माण हुदा दर्शकको उपस्थिति पनि बाक्लो हुनेगरेको हामीले पाएका छौ। आज सनिवार बिहानी शो देखीनै दर्शकको चाप र चलचित्रको माग बढेकै कारण हामीले हिन्दी चलचित्र रुस्लानलाई हटाएर चलचित्र बोक्सीको घरको शो बढाएका छौ । यस्तै नेपालगन्जको सिनेमा घर क्युएफएक्स सिनेमाजमा पनि चलचित्र हेर्ने दर्शकको बाक्लो उपस्तिथि रहेको छ ।
केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा केकी अधिकारी, सुपला सापकोटा रमा थपलिया,सुष्मा निरौला, सबिन बास्तोला लगायत कलाकारको अभिनय रहेको छ ।
बद्री अधिकारी निर्माता रहेको चलचित्रमा राज घिमिरे कार्यकारी निर्माताका रुपमा रहेका छन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टि फल्कस फिल्मसले चलचित्रलाई वितरण गरेको छ।