Close sidebar

आजबाट देश भरिका हलमा केकीको ‘बोक्सीको घर’

बैशाख १४, २०८१

नेपालगन्ज , चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत आजबाट चलचित्र देशभरका हलमा प्रदर्शनमा आएको हो ।

चलचित्रमा केकी अधिकारी, सुलक्षण भारती, स्वेच्छा राउत, शुपला सापकोटा र रमा थपलिया मुख्य भूमिकामा छन् । सुलक्षण भारतीले निर्देशन गरेको चलचित्रमा लेखन पनि निर्देशक स्वयंको छ ।

‘बोक्सीको घर’ले देशभरीका सिनेमा घरमा उच्च शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले चलचित्रलाई उच्च शो दिएको छ ।

नेपालगन्जमा चलचित्रलाई सिने रोयलले ५ शो प्रदान गरेको छ भने ४ शोमा क्यूएफएक्सले प्रदर्शन गरेको छ ।

प्रिमियरमा चलचित्रलाई राम्रो प्रतिक्रिया मिलेकोले दर्शकले पनि चलचित्र रुचाउने विश्वास गरिएको छ ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्र नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । चलचित्रमा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । राज घिमिरे कार्यकारी निर्माता हुन् ।

लोचन रिजालको ब्याकग्राउण्ड स्कोर रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले चलचित्रलाई वितरण गरेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया