नेपालगन्ज,आउदो जेठ १० गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट २६ सेकेण्ड लम्बाईको ट्रेलरले टाइम ट्राभल (समय यात्रा)को कथालाई प्रस्तुत गरिएको छ ।
चलचित्रलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । लभस्टोरी जनराको चलचित्र ‘फर्की फर्कीमा अनमोल केसी र जसिता गुरुङका अलावा कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ ।
ट्रेलर
ओम प्रकाश अग्रवाल र रोहित अधिकारीको निर्माण रहेको चलचित्रका सह निर्माता मनोज ओली र रामु न्यौपाने हुन् भने मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्मातामा छन् । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र थापाको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ ।