Close sidebar

विश्व कला दिवसमा ‘सिने समस्या र समाधान’ विषयक अन्तक्रिया सम्पन्न

बैशाख ५, २०८१

चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेशको अायोजना र मोरङ शाखाको सहअायोजनामा नयाँ २०८१ तथा बिश्व कला दिवसको अवसरमा सोमबार ‘सिने समस्या र समाधान’ विषयक अन्तक्रिया सम्पन्न भएको छ।

बिराटनगर-३, पुष्पलाल चौक स्थीत तान्डब रेष्ट्रो एन्ड क्याफेमा संघकी कोशी प्रदेश अध्यक्ष सन्जु राई (सुमित्रा) को सभापतित्वमा बिराटनगर उप-महानगर पालिकाका प्रमुख नागेश कोरालाको प्रमुख अातिथ्य, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीको बिशेष अातिथ्य र चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य, कोशी ईन्चार्ज नरेन्द्र बस्नेतको बिशिस्ट अातिथ्यमा उक्त कार्यक्रम भएको हो।

कोशी प्रदेश भौगोलिक, सामाजिक तथा साँस्कृतिक विविधता युक्त सुन्दर प्रदेश भए पनि प्रदेशमा अपेक्षाकृत सिनेमा छायांकनका गतिविधि र सिने क्षेत्रको बिकासमा कमि अाएकोले सरोकारवाला पक्षसँग कोशी प्रदेशको कलाकार तथा संचारकर्मीहरुको उपस्थितिमा सिने समस्या र समाधानको उपायहरु खोज्न अायोजित अन्तरक्रिया कार्यक्रममा चलचित्रकर्मी केशब रायमाझी, कलाकार प्रेम सुब्बा, हल व्यवसायी कुवेर शर्मा, गायक श्रीकृष्ण लुईटेल(बोकेदाह्री) वक्ता रहेका थिए। भने टिप्पणीकार चलचित्र निर्देशक तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भीषण राई र सहजीकर्ता आयोजक समितिको सचिव सुवास संकल्प श्रेष्ठ रहेका थिए।

अन्तरक्रियामा वक्ताहरूले कोशी प्रदेशमा चलचित्र छायांकन गर्नका लागि ईनडोर सुटिङका लागि स्टुडियो बनाएमा चलचित्र निर्माणमा सहज हुने बताए। त्यस्तै अन्य देशको तुलनामा नेपालमा फिल्म हल संचालनमा करभार अत्यधिक रहेको समस्या रहेको भन्दै प्रदेशमा नेपाली चलचित्र क्षेत्रको बिकास गर्न स्थानीय सरकारले कर छुट गर्नुपर्ने बताए।

यसैगरी प्रदेशमै रहि अाजीवन कलाकारिता गरने कला साधना तथा कलाकारिताद्वारा योगदान दिनेहरुलाई जीवन पर्यन्त स्थानीय, प्रदेश सरकारले उनीहरूको हितका लागि कार्य गरिनु पर्ने र साथै स्थानीय तथा प्रदेश सरकारबाट परिचय पत्र प्रदान गर्दै केही-केही स्थानमा सरकारी तबरले छुट, राहत प्रदान गर्नुपर्ने वक्ताहरुले बताए।

उक्त कार्यक्रममा प्रमुख अतिथि बिराटनगर उपमहानगरपालिकाका प्रमुख नागेश कोईरालाले अाफुले प्रदेशको चलचित्र क्षेत्रको समस्याबारे बुझेको र समस्या समाधानको लागि प्रयत्न गर्ने बताए। बिराटनगर कोशी प्रदेशको राजधानी पनि भएकाले यसका लागि प्रदेश सरकारसँग पनि समन्वय गर्ने बताए। यसैगरी बिराटनगरमा प्रज्ञा प्रतिष्ठान गठन गर्ने योजना भएको र यसमा कलाकारहरुको लागि पनि स्थान राखिने बताउदै यसका लागि अाफुलाई बेला-बेला झक्झकाउन पनि अाग्रह गरे।

चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशका सहसचिव बिकल श्रेष्ठको संचालन रहेको कार्यक्रममा उपाध्यक्ष बिरेन्द्रकुमार साहले कार्यक्रमको अौचित्यबारे प्रष्ट्याए भने स्वागत मन्तव्य मोरङ अध्यक्ष प्रेम देवानले गरे।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया