Close sidebar

‘डिग्री माइला’को देशैभर आक्रमक व्यापार

बैशाख २, २०८१

काठमाडौँ ,दयाहाङ राई स्टारर ‘डिग्री माइला’ले देशैभर आक्रमक व्यापारको सुरुवात गरेको छ । शुक्रवार बिहानी शोमा औषत सुरुवात गरेको सिनेमाले मध्यान्हबाट हाउसफुल व्यापार गरिरहेको जानकारी वितरक गोबिन्द शाहीले दिएका छन् ।

आज शनिबार भने बिहानैदेखि साँझसम्मका शोमा दर्शकहरुको बाक्लो उपस्थिती रहेको वितरक गोविन्द शाहीले उत्साहित हुँदै बताए । प्राय: सबै शोहरु बिहानैदेखि हाउसफूल भएको शाहीको भनाइ छ । सिनेमाले हाउसफूल व्यापार गरेको छ । सिनेमाहलहरुले ‘डिग्री माइला’लाई राति ११:४५ सम्मको शो उपलब्ध गराएका छन् । सिनेमाले पाएको सवै शोमा आक्रमक रुपमा टिकटहरु विक्री भइरहेका थिए । केही सिनेमा हलले शोसमेत थपेका छन् ।

सिनेमाप्रति दर्शकको यो क्रेजको प्रत्यक्ष अनुभव र प्रतिक्रिया लिन ‘डिग्री माइला’ टिम हलहलमा पुगिरहेको छ । उनीहरु हलहलमा पुग्दा दर्शकहरुले हुटिङ गरेर हौसला प्रदान गरिरहेका छन् । आज अभिनेता दयाहाङको जन्मदिनसमेत परेकाले उनका लागि यो जन्मदिनको उपहारसरी भएको छ ।

गत वर्ष वैशाख १ गते रिलिज भएको दयाको ‘जारी’ले यस्तै साथ दर्शकबाट पाएको थियो । दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिन १० बजे बिग मुभिज कमलपोखरी पुगेका दयालाई हलमै एक्कै स्वरमा जन्मदिनको शुभकामना दिएका थिए । अभिनेता दयाले दर्शकसँग केक काटेर जन्मदिनसमेत सेलिब्रेसन गरेका थिए ।

अभिनेता दयाले यसरी जन्मदिनको दिन दर्शकको उत्साहसँग जन्मदिन मनाउदै फ्यानलाई खुशी बनाएर फकाउन सक्दाको सन्तुष्टी बेग्लै हुने बताए । डिग्री माइलाले दिन खोजेको सन्देश ग्रहण गरेको प्रतिक्रिया हल भिजिटको क्रममा दर्शकबाट मिलेको पाउँदा आफुहरु त्यसमा सफल भएको आभाष गरेको सुनाए ।

अभिनेत्री आँचल शर्माले दर्शकको उच्च साथ पाउँदा उत्साहीत भएको बताइन् । हिजो शुक्रबार र आज शनिबार विभिन्न हलमा पुग्दा दर्शकले डिग्री माइलाकी कवितालाई रुचाएको र दया दाईसँग जोडी सुहाएको प्रतिक्रिया पाउँदा खुशी मिलेको सुनाइन् । आगामी दिनमा पनि दर्शकबाट यस्तै साथ र मायाको अपेक्षा रहेको उल्लेख गरिन् ।

सिनेमाका कार्यकारी निर्माता मणिराम पोखरेलले दर्शकबाट यो लेवलको साथ पाउँदा खुही मिल्ने बताए । बाँसुरी फिल्मस्ले हरेक पटक दर्शकको चाहाना अनुसार नै सिनेमा निर्माण गरिरहेकाले उनीहरुले हामीलाई विश्वास गरेका बताउँछन् । हाम्रो व्यानरलाई अहिलेको अवस्थामा दर्शकलाई निराश बनाउन छुट नभएको बताए । 

सिनेमा हेरेका दर्शकले सिनेमाको विषय, कलाकारको अभिनय आफूहरुलाई मनपरेको प्रतिक्रिया दिएका छन्। रामबाबु गुरुङ निर्देशित सिनेमाले आफ्नो मास्टर डिग्रीको शैक्षिक योग्यताको अहमताले भरिएको ‘डिग्री माइला’ पात्रा र समाजले ऊसँग राखेको अपेक्षा तथा परिस्थितिजन्य तनावको कथा पेस गर्छ।

टिजर तथा ट्रेलर रिलिजदेखि नै दर्शकका लागि प्रतिक्षित बनेको यो सिनेमाले पाएको प्रतिक्रियाबाट निर्माणपक्ष खुशी देखिएको छ। पर्दामा यसपटक पनि दया र रामबाबुको जोडीले आफूलाई प्रमाणित गरेको वितरक तथा हलवालाको भनाइ छ । सिनेमामा दयाका अलावा आँचल शर्मा, प्रकाश घिमिरे, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनय रहेको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया