Close sidebar

‘म हिरो बन्छु भन्दा हास्थे, खिसी गर्थे’ : विपिन

चैत्र ८, २०८०


नेपालगन्ज,अभिनेता विपिन कार्की अहिलेका सफल अभिनेता हुन् । पात्रलाई जीवन्त बनाउन प्राय निर्माता तथा निर्देशकको रोजाईमा विपिन पर्ने गरेका छन् । तर, स–साना भूमिकामै आफ्नो कार्यकौशलता देखाएर दर्शकको प्रिय बन्दै गरेका विपिनले जात्रामा पाएको भूमिकामार्फत आफूलाई स्थापित गर्न सफल भए ।

‘छड्के’ मा बिन्दु र ‘पशुपति प्रसाद’ मा भष्मे डन जस्तो भूमिकामा प्रस्तुत भएका विपिनलाई निर्देशक तथा लेखक प्रदीप भट्टराईले एक इमान्दार, सङ्घर्षशिल फडिन्द्रको भूमिकामार्फत दर्शक समक्ष ल्याए । विपिनले आफैँ पनि हिरो भन्छु भन्दा कसैले पत्याएनन् । ‘म हिरो बन्छु भन्दा धेरैले हासेर उडाए, खिसी गरे । तर, ती सबको प्रवाह नगर्दै मलाई निर्देशक भट्टराई र षट्कोण आर्ट्सले हिरो बनाए । त्यहि कारण मेरो अभिनय यात्रा यहाँसम्म आइपुगेको छ’, अभिनेता कार्कीले भने ।


उनले ‘जात्रा’ शृङ्खलाकै रमाइलो र राम्रो फिल्म ‘महाजात्रा’ बनेको प्रति विश्वस्त रहन उनले आग्रह समेत गरेकाछन् । प्रिमियरमा फिल्म हेरिसकेपछि रमाइलोसँगै यसपटक फिल्मकर्मीको दायित्व बहन गर्दै संदेशलाई समेत समावेश गरिएको उनले बताए । ‘जात्रा शृङ्खलाकै यो रमाइलो फिल्म बनेको छ । यसले हामीलाई हसाउने र रमाउनेसँगै दायित्व बोध गराउने फिल्म हो । फिल्म हेर्दा हासिन्छ, रोइन्छ, केही सिकिन्छ । दर्शकको समय र पैसाको पूर्ण सदुपयोग हुन्छ, म दावी गर्छु’, अभिनेता कार्कीले भने ।


विपिनले निर्वाह गरिरहेको भूमिका र उहाँको क्षमतालाई हेरेर ‘जात्रा’ मा लिईएको निर्देशक भट्टराईले बताए । ‘उहाँलाई प्राय फिल्ममा एकै किसिमको व्यक्तित्वको भूमिकामा देखिरहदा त्यस्तो मान्छेले इमान्दार व्याक्व्याक्तिको भूमिकालाई कसरी निर्वाह गर्न सक्छ भन्ने लगेर प्रस्तुत गरेका हौँ । उहाँसँग त्यस अगाडि नै टेलिफिल्ममा काम गरिसकेको थिएँ’, निर्देशक भट्टराईले भने ।


षट्कोण आर्ट्सको व्यानरमा निर्माण भएको फिल्ममा रिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’ लाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका हुन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया