Close sidebar

नेपालगन्जमा ‘महाजात्रा’को ब्यापारले करोड क्लबमा प्रवेश गर्ला ?

चैत्र ७, २०८०

नेपालगन्ज, ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ ले राजधानीमा एक कार्यक्रम गर्दै प्रिमियरमा गर्‍यो । हिजो मंगलवार प्रिमियर हेर्न पुगेका चलचित्र कर्मी र सरोकार वालाले चलचित्रको प्रशंसा गरेर थाकेका छैनन् । प्रिमियरमा ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट चलचित्र महाजात्रा बनेको सबैले बताए । प्रिमियरमा प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा चलचित्रलाई देशभरका सिनेमाहलले उच्च शो दिएका छन् ।
चलचित्रलाई प्राप्त शोले ‘महाजात्रा’ को उच्च ओप्निङ हुने पक्का छ ।


नेपालगन्जको हकमा कुरा गर्दा चलचित्र महाजात्राले पहिलो दिन शुकवार मात्रा २ हलमा गरि जम्मा १४ शो पाएको छ । सिनेमाघर सिने रोयलले चलचित्रलाई ८ शो दिएको छ भने क्युएफएक्स सिनेमाज बागेश्वरीले ६ शो दिएको छ । जस्मा शो अझैँ बढ्ने दुबै हलका म्यानेजर क्रमश रितेश श्रेस्त र सन्जिव शाक्यले बताए।


नेपालगन्जमा नेपाली चलचित्रको ब्यापार चाख लाग्दो छ । तर मोफसलमा नेपालगन्ज प्रचार प्रसारका लागि निर्माताको नजरमा कमै पर्ने गर्छ । तर नेपालगन्जले नेपाली चलचित्रलाई दिएको चासो र मायाको चर्चा भइनै रहेको हुन्छ । पछिल्लो समय रिलिज भएका चलचित्र छक्का पन्जा ४ , कबड्डी ४, प्रेम गीत ३ ले एउटै सिनेमाघरमा क्युएफएक्स नेपालगन्जमा मात्रै ५० देखि माथी ७५ लाख भन्दा माथीको ब्यापार गरेको उदाहरण छ। भने छक्का पन्जा ४ र महापुरुष चलचित्रले ५१ दिन समेत मनाएको छ ।


आशलाग्दो चलचित्र र हलमा हुने चापले कहिले काहीँ स्क्रिन कम भनेको महसुस हुनेगर्थ्यो तर अहिले नेपालगन्जमै दुई सुबिधासम्पन्न सिनेमा घर छन् । पछिल्लो केही महिना अघि मात्रै संचालनमा आएको सिनेमाघर सिने रोयलले पनि नेपाली चलचित्रलाई अफ्नो पहिलो प्राथमिक्तामा राख्ने गरेको छ । यो बर्ष दशैको अवसर पारेर रिलिज भएको चलचित्र परदेशी २ ले मात्र सिनेरोयलमा ४० लाखको हाराहारीमा ब्यापार गरेको थियो । भने परदेशी २ ले दुबै सिनेमाहलमा गरि ७० लाखको हाराहारीमा ब्यापार गरेको थियो। बिगतका चलचित्रको सफलता हेर्दा चलचित्र महाजात्राले नेपालगन्जमा करोडको ब्यापार गरेमा चलचित्र करोड क्लबमा प्रवेश गर्ने पहिलो चलचित्र हुनेछ ।


चलचित्र महाजात्राको व्यापार नेपालगन्जमा कस्तो होला ? भने धेरैको प्रश्न छ । चलचित्रको ब्यापारलाई लिएर यतिबेला देशभरिनै सबैको चासोको विषय बनेको छ भने नेपालगन्जमा मात्रै चलचित्र महाजात्राले १ करोड माथीको व्यापार गर्ने अनुमान नेपालगन्जका केही चलचित्र प्रेमीहरु बताउछन् । यो अनुमानित ब्यापार मात्रै हो किटानी भने गरिएको होइन । चलचित्रले पाएको शो र चलचित्रको हाईप र चर्चाले यो सम्भव हुन सक्छ । जस्ले गर्दा पश्चिम भेगमा नेपाली चलचित्रको प्रतिको मोह,निर्माण र पर्यटन प्रबर्द्धनमा समेत टेवा पुग्ने छ ।
चलचित्रले रिलिज अघिको मोफसल यात्रा पुर्वमा सम्पन्न गरिसकेको छ भने । चलचित्रको टिम रिलिज पछि दर्शक प्रतिक्रियाका लागि हल भिजिट गर्ने र दर्शक भेट्ने योजना रहेको छ ।


प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । भने चलचित्रका निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन्न ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया