Close sidebar

‘ब्राडफोड ग्लोबल इजुकेशनल कन्सलटेन्सी’को ब्रान्ड एम्बेसडरमा नीति

चैत्र ४, २०८०

नेपालगन्ज,नायिका नीति शाहको व्यस्तता फिल्ममा निकै बढेको छ । लगातार ३ वटा फिल्म साइन गरिसकेकी नीति दर्शकमाझ आफ्नो काम देखाउन उत्साहित छिन् । फिल्मसँगै नीतिको डिमाण्ड ब्रान्ड बजारमा पनि बढेको छ । उनी आइतबार  ‘ब्राडफोड ग्लोबल इजुकेशनल कन्सलटेन्सी एप्लाई ग्लोबलको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छिन् । नायिका शाह र कन्सलटेन्सीका निर्देशक पवन बिष्टले कागजी संझौतामा हस्ताक्षर गरेका छन् ।


ब्रान्ड एम्बेसडर नियुक्त भएपछि खुशी व्यक्त गर्दै नीतिले भनिन्–‘ब्राडफोड, एप्लाई ग्लोबलले विगत १८ बर्षदेखि नेपाली विद्यार्थीहरुलाई विश्वका प्रसिद्ध शैक्षिक गन्तव्यमा जाँदा छात्रावृत्तीका लागि सहयोग गर्ने, काउन्सिलिङ गर्ने तथा उचित मुल्यमा इङ्लििस प्रोफिसेन्सी टेष्टहरु समेत गरिरहेको सुन्दा खुशी लाग्यो । यस्तो संस्थाको ब्रान्ड एम्ब्यासडरको रुपमा नियुक्त हुन पाउँदा निकै खुशी लागेको छ ।’


यस्तै, संझौता कार्यक्रममा बोल्दै ब्राडफोड ग्लोबलका निर्देशक तथा एप्लाई ग्लोबलका प्रमुख पवन बिष्टले आफूहरुले सधै नै विदेश अध्ययन गर्न जाने सिलसिलामा विद्यार्थीहरुलाई कुनै वाधा झेल्न नपरोस् भनेर प्रण गरेको बताए । उनले, नीति शाह जस्तो चर्चित नायिकालाई ब्रान्ड एम्बेसडर बनाउन पाउँदा खुशी लागेको समेत बताए । यस्तै, संस्थाका निर्देशक रविन्द्र घिमिरेले अझै गुणस्तरीय कार्य गर्ने वाचा गरेका थिए ।

नीति शाह यसअघि पनि थुप्रै ब्रान्डमा जोडिसकेकी छिन् । फिल्मको कुरा गर्नुपर्दा उनी अभिनित ‘खजुरे ब्रो’ वैशाखको २८ गतेबाट रिलिज हुँदैछ । यस्तै, उनले निर्देशक सविर श्रेष्ठको ‘रुखान’ फिल्म पनि साइन गरिसकेकी छिन् । दिवाकर भट्टराइको निर्देशनमा बन्न लागेको फिल्ममा पनि उनी नायक राज कटुवालको जोडी बनेर देखिदैछिन् । 

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया