Close sidebar

उपहार लिएर हल हलमा पूजा

फाल्गुन २७, २०८०

नेपालगन्ज, गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘उपहार’ले शनिबार पनि देशभरको हल हाउसफुलको ब्यापार गरेको निर्माण टिमले जानकारी दिएको छ । राजधानीका सिभिल मल, अष्टनारायण हल, एफक्यूब, लबिम मल, बिग मुभीज, बिएसआर, लोत्से मल, नेपालगञ्ज लगायतका हल ‘हाउसफूल’ भएका थिए ।

शनिबार बिहानदेखि फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल लगायतको टिम उपत्यकाका हलमा दर्शकसँग भेटघाटमा व्यस्त छन् । फिल्मका निर्देशक देउजाका अनुसार देशभरका हलमा दर्शकको अकुपेन्सी राम्रो छ । रेखा फिल्मस र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन छ ।

आज आइतबार पनि राम्रो व्यापार गरिरहेको फिल्ममा अभिनेत्री पूजा शर्माको गज्जब क्रेज देखिएको छ । हलमा फिल्मको टिम पुग्दा अधिकांश दर्शकले पूजाको नाममा हुटिङ गरेका थिए । हलमा पूजासँग सेल्फी खिच्ने दर्शकको समेत भिड देखिएको थियो । कतिपय फ्यानले पूजालाई बोलीमा कन्ट्रोल गर्न र विवादमा नपर्न समेत सुझाव दिएका थिए ।

फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया