Close sidebar

‘चौंथो काल, मानबहादुर ढकाल’,रङ्गेलीका प्रवीण खतिवडा

फाल्गुन २२, २०८०

नेपालगन्ज,आगामी शुक्रबार अर्थात् फागुन २५ गते महाशिवरात्रीबाट प्रदर्शनमा आउने सिनेमा ‘रङ्गेली’को ट्रेलर सार्वजनिक भएपछि अभिनेता प्रवीण खतिवडाको एक संवाद चर्चित छ । ‘चौंथो काल, मानबहादुर ढकाल’ भन्ने उनको संवाद ट्रेलरमा सशक्त लाग्छ ।

यो संवादले सिनेमामा उनको चरित्र सन्की स्वभावको रहेको देखाउँछ । ‘इन्स्पेक्टर’को भूमिकामा अभिनय गरेका उनी आफ्नो चरित्र फिल्मी शैलीको रहेको बताउँछन् । अनुशासनमा नबस्ने किसिमको पुलिस अफिसरको भूमिका उनले निवार्ह गरेका छन् ।

‘म ‘रङ्गेली’को माहोलमा रङ्गिन हुन चाहने पुलिस अफिसरको चरित्रमा छु । त्यो चरित्रमा घुस खानेदेखि लिएर सिनेमा शैलीको पुलिस चरित्र दर्शकले पाउँछन् । सिनेम्याटिक हिसाबले नै प्रस्तुत भएको छु । जुन कुरा ट्रेलरमा पनि देखाइएको छ,’ प्रविण भन्छन् ।

उनी प्रहरीको भूमिका निर्वाह गर्दा रमाइलो लागेको स्मरण गर्छन् । तर, सिनेमामा आफ्नो चरित्रजस्तो प्रहरी हुनुहुँदैन भन्ने पक्षमा उनी छन् । ‘कानुनको रक्षा इमानदार भएरै गरिनुपर्छ र यदि कोही रक्षक पनि भक्षक बन्दैछन् भने उसलाई पनि कानुनी दायराभित्र ल्याउनुपर्छ,’ उनी भन्छन् ।

‘रङ्गेली’मा तडकभडक भइरहेको बेलामा त्यसलाई नियन्त्रण गर्न पोस्टिङ भएर गएको पुलिसका रूपमा आफूलाई देख्न सकिने उनले बताए । प्रहरीलाई राजनीतिभन्दा अलग राख्न सकेको अवस्थामा मात्र कानुनको रक्षा हुने उनको बुझाई छ । उनलाई लाग्छ, दर्शकले फिल्म हेरिरहँदा आफ्नो चरित्रले केही काम राम्रो गरेछ भन्ने महसुस हुनेछ ।

‘एक दुईवटा काम यसले गलत गरेको छ भन्ने पनि लाग्छ होला । प्रशासनसँग शक्ति हुँदो रहेछ । त्यो शक्तिले कहीँ न कहीँ अलिकति दमनको स्थिति ल्याउँदो रहेछ । चाहे त्यो पात्रलाई होस् वा आफ्नै समाजमा ज्यूँदा पात्रहरूलाई होस् । शक्तिले अलिकति ‘डोमिनेट’ गर्दो रहेछ । त्यो खालको प्रवृत्ति चाहिँ हुनुहुँदैन,’ उनी अगाडि भन्छन्, ‘प्रहरी प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखेमा मात्र समाजमा शान्ति सुरक्षा हुन्छ भन्ने मलाई लाग्छ ।’

‘रङ्गेली’मा अर्जुन सुवेदीले लेखन तथा निर्देशन रहेको छ । सिनेमामा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको मुख्ख भूमिका रहेको छ । सिनेमाका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

सिनेमाका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शंकर चौलागाईं सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायांकार सुशन प्रजापति हुन् । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्दैछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया