Close sidebar

प्रभात र प्रनिमाको प्रेमिल म्युजिक भिडियो सार्वजनिक

फाल्गुन १०, २०८०

नेपालगन्ज, गायिका प्रेक्षा लम्साल र गायक रञ्जन राईको आवाजमा नयाँ गीत “जीत मान्दीन” सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको शब्द, संगीत, एरेन्ज रहेको जीत मान्दीनमा विशाल निरौलाको मिक्सिगं तथा मास्टरिगं रहेको छ ।

मोडलद्धय प्रभात पाल ठकुरी र प्रनिमा दाहालको अभिनय रहेको भिडियोमा प्रेम र रोमान्सलाई देखाइएको छ ।

मनाङ्गको रमणीय स्थानमा छायांकन गरिएको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् । राकेश दाहालले सम्पादन गरेको भिडियोको निर्देशन केशवराज भट्टले गरेका हुन् । डिसी अधिकारी प्रस्तुतमा निर्माण भएको भिडियो बिहिवार प्रनिमा दाहाल अफिसियल च्यानलबाट सार्वजनिक गरेको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया