Close sidebar

हात्तीछाप’बारे दर्शक प्रतिक्रिया–‘गज्जब छ, अब सिक्वेल चाडै आओस्’

माघ २७, २०८०

नेपालगन्ज, हिजो शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘हात्तीछाप’ले आज शनिबार सुखद कमाई गरेको वितरक रोहित कट्टेलले जानकारी दिएका छन् । फिल्म आज देशभरका हलमा नै सुखद कमाई गरिरहेको बताउँदै उनले आगामी दिनमा व्यापार अझै बढ्ने विश्वास व्यक्त गरे ।


शनिबार काठमाडौंको केएल टावरस्थित एफक्यूब हलमा फिल्म हेर्न पुगेका दर्शकले फिल्म ‘गज्जब’ रहेको बताए । फिल्मले देशको समसामयिक कथावस्तुलाई प्रस्तुत गरेको भन्दै उनीहरुले उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए ।


फिल्म हेरेर फर्किएका केही दर्शकले भने ‘हात्तीछाप’को कथावस्तु नयाँ रहेको भन्दै सिक्वेलको प्रतिक्षा रहेको बताए । फिल्मको अन्तिममा सिक्वेलको घोषणा समेत गरिएकाले चाडै नै तयार हुने आशा उनीहरुको थियो ।


फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले दर्शकको प्रतिक्रिया सुखद आएको र शनिबारको व्यापार पनि बढेको बताउँदै आगामी दिनमा पनि व्यापारको ट्रेन्ड यस्तै रहने विश्वास व्यक्त गरेका थिए ।


हल पुगेकी नायिका उपासना सिंह ठकुरीले निकै राम्रो प्रतिक्रिया पाएको भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन्–‘मलाई एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ । दर्शकले मेरो भूमिका र फिल्मलाई नै मन पराउनु भएको छ । म निकै नै उत्साहित छु ।’


यस्तै, उनले फिल्मले गाउँको एउटा सुन्दर प्रेमकथा र बोतल राजाको कथालाई प्रस्तुत गरेको भन्दै सबैलाई हेर्न आग्रह गरिन् । यस्तै, कलाकार बुद्धि तामाङले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको बताए । उनले, पनि फिल्मले पूर्ण रुपमा मनोरञ्जन दिने भन्दै सबैलाई हेर्न आग्रह गरे ।


सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, विल्सन विक्रम राई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ । 

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया