Close sidebar

भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधन

माघ १९, २०८०

भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधन भएको छ । पाठेघरको मुखको क्यान्सरका कारण पाण्डेको शुक्रबार बिहान निधन भएको समाचार भारतीय संचारमाध्यमहरुले जनाएका छन ।

उत्तर प्रदेशस्थित कानपुरको घरमा ३२ वर्षिया पाण्डेको निधन उनको भएको हो। उनको आधिकारिक इन्स्टाग्राम हेन्डलमा उनको निधन भएको उल्लेख गरिएको छ । आफ्ना विवादस्पद अभिव्यक्ति र विशेष गरी सामाजिक संजालमा राखिने अर्धनग्न तस्विर र भिडियोका कारण चर्चामा रहिरहने मोडल हुन्न ।

यस्तै सन् २०११ मा भारतले क्रिकेट विश्वकप जिते नांगै हुने घोषणा गरेकी थिइन । यद्यपी उनलाई भारतीय क्रिकेट बोर्डले अनुमति नदिएको भन्दै सो घोषणा पूरा गरिनन् तर पछि सन् २०१२ मा कोलकता नाइट राइडर्सले आईपिएल जितेपछि नांगो पोज दिएकी थिइन् ।

यसैगरी उनले इन्स्टाग्राममा आफ्ना प्रेमीसँगको ‘सेक्स भिडियो’ पनि पोस्ट गरेकी थिइन जसलाई पछि आफैले हटाएकी थिइन् भने गोवा सरकारले आफ्नो सम्पतीमा नग्न भिडियो खिचेको भन्दै मुद्दा दायर गरेको थियो ।

अचान उनको मृत्यु खबर सार्वजनिक भएपछि सामाजिक संजालमा संशय व्यक्त गरिएकोमा उनको प्रचार समूहले उनको मृत्युको पुष्टि गरेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया