नेपालगन्ज, नेपालगन्ज स्थित बागेश्वरी मन्दिरमा रहेको मिनी मार्केटमा व्युटि एण्ड सलुन मेकअप ट्रेनिङ सेन्टर आजबाट सञ्चालनमा आएको छ ।
मिस नेपालगन्ज २०१५ कि बिजेता सुमन थापाले रिवन काटेर व्युटि एण्ड सलुन मेकअप ट्रेनिङ सेन्टरको उद्घाटन गरेकी हुन् ।
उक्त स्टूडियोमा मेकअपको सम्पुर्ण काम थ्रेडीङ्ग, फेसियल, वाक्स, सिम्पल मेकअप, हबी मेकअप, ब्राईडल मेकअपको कामहरु गरिने स्टूडियोका संचालक सहिना हल्वाईले जानकारी गराइन ।
स्टूडियो मेकअपका लागी मात्र नभई मेकअप सम्बन्धी सम्पुर्ण ट्रेनिङ्ग समेत दिईने संचालक हल्वाईले बताईन ।