नेपालगन्ज, चलचित्र ‘हात्तीछाप’को प्रचारका लागि नायक सौगात मल्ल पछि चलचित्रका अन्य दुई मुख्य पात्र अभिनेत्री उपासना सिंह ठकुरी र हास्य कलाकार वुद्धि तामाङ (हैट) दाङ महोत्सवमा सहभागी भएका छन । दुई कलाकारको साथमा निर्माता किरण निपालीको पनि उपस्तिथि रहेको थियो ।
नेपालीले चित्र भित्र सङ कुरा गर्दै भने पश्चिमका विभिन्न जिल्लामा आयोजना भएको महोत्सवमा पुगेर हामिले चलचित्रको बरेमा चर्चा गरियो । महोत्सवमा सहभागी भएका दर्शकहरुबाट राम्रो साथ पाएका छौ । जुन साथ र माया अब हामीले माघ २६ गते चलचित्रमा देख्ने छौ ।
महोत्सवमा स्टेज उक्ले पछि उपासना र बुद्धि तामाङलाई प्रत्यक्ष देख्दा दर्शकको सिठी र तालीको बर्षात भएको थियो । दर्शकको बाक्लो उपस्थिति देखे पछि तामाङले हैट भन्दा माहोल हात्तीछापमय बनेको थियो ।
कार्यक्रममा उपासनाले चलचित्र हात्तीछाप हेरेर साथ र माया दिनु होला । यो भन्दा अगाडि दाङ जिल्लाका दर्शकले धेरै माया दिनु भएको छ । यो चलचित्रबाट पनि मैले यहाँ हरुको साथको अपेक्षा गरिकी छु । अभिनेत्री उपासनाले यो भन्दै गर्दा दर्शकले माघ २६ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘हात्तीछाप’ हेर्नका लागि आफूहरु उत्साहित भएको समेत बताएका थिए । उपासनाको यो भनाईपछी दर्शकले हात्तीछाप माघ २६ को नारा समेत लगाएका थिए ।
महोत्सवको कार्यक्रममा चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीको पनि सहभागीता रहेको थियो । कार्यक्रममा नेपालीले चलचित्र हेरेपछि आफुलाई जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिन अनुरोध गरे जस्का कारण हामी आगामी दिनमा आउने चलचित्रमा आफुलाई अझै निखार्दै जाने छौ ।
यो लगत्तै चलचित्रको टिम अबको केही दिनमा पूर्वी नेपालमा पुग्ने बताइएको छ ।
चलचित्र ‘हात्तीछाप’लाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणी नेपाल, विल्सन विक्रम राई, वुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।