Close sidebar

`परदेशी -२´को ५१ दिन , नेपालगन्जमा ७० लाखको ब्यापार

मंसिर १६, २०८०

नेपालगन्ज । गत असोज २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी–२’ ले आज देश भरीका केही हलमा ५१ दिन मनाएको छ ।

प्रदर्शनमा आएको दिन देखीनै चलचित्रले राम्रो ब्यापार गर्नुका साथै दर्शकको राम्रो साथ पायो । चलचित्र हेर्ने धेरैका आखा रसायन मात्र कतिले अफ्नै घरको कथा भएको समेत अनुभव गरे ।


राजधानी संगै मोफसलका अधिकांस सिनेमाघरमा चलचित्रले हाउसफुलको ब्यापार गर्यो । नेपालगन्जको हकमा कुरा गर्दा चलचित्रले उल्लेखनीय ब्यापर गर्दै तिहारको मध्य सम्म चलचित्रले आफ्नो प्रदर्शन कायमै राख्यो ।
नेपालगन्ज स्थिति क्यु एफ एक्स सिनेमाज र सिने रोयल सिनेमाघरमा चलचित्रले कार्तिक २८ गते सम्म आफ्नो प्रदर्शन निरन्तर गर्यो । तिहारको अवसर पारेर अन्य नयाँ चलचित्रहरु पनि प्रदर्शनमा आएकाले र दर्शक संख्या कम भएकाले चलचित्र परदेशी -२ ले केही दिन विश्राम लियो । तर चलचित्र परदेशी -२ को माग आउन थाले पछि सिने रोयल सिनेमा घरमा चलचित्रलाई निरन्तरता पायो ।


चलचित्रले नेपालगन्जको दुबै सिनेमा घरमा प्रदर्शन हुँदै गर्दा ७० लाख भन्दा माथीको ब्यापार गरेको छ। यो ब्यापार पश्चिम् भेगमा उच्च हो ।


चलचित्रमा अभिनेता प्रकाश सपूत र अभिनेत्री केकि अधिकारी, वर्षा शिवाकोटी मुख्य भुमिकामा प्रस्तुत छन् । ‘परदेशी–२’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । चलचित्रमा प्रकाश,वर्षा,केकी सङै प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।


रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रलाई राजेश वंशल र निर्देशक रायमाझी स्वयंले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, दीर्घ खड्काको सम्पादन छ । परदेश पुगेका सन्तानको पर्खाइमा रहेका आमाबुवाको कथा चलचित्रले पेश गर्छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया