नेपालगन्ज । गत असोज २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी–२’ आजको दिन सम्म पनि देशका केही सिनेमा घरमा प्रदर्शन भइरहेको छ ।
प्रदर्शनमा आएको दिन देखीनै चलचित्रले राम्रो ब्यापार गर्नुका साथै दर्शकको राम्रो साथ पायो । चलचित्र हेर्ने धेरैका आखाबाट आसु थामिनसक्नु मात्र थिएन कतिले अफ्नै घरको कथा भएको समेत अनुभव गरे ।
राजधानी संगै मोफसलका अधिकांस सिनेमाघरमा चलचित्रले हाउसफुलको ब्यापार गर्यो । नेपालगन्जको हकमा कुरा गर्दा चलचित्रले उल्लेखनीय ब्यापार गर्दै तिहारको मध्य सम्म चलचित्रले आफ्नो प्रदर्शन कायमै राख्यो ।
नेपालगन्ज स्थिति सिने रोयल सिनेमाघरमा चलचित्रले कार्तिक २८ गते सम्म आफ्नो प्रदर्शन निरन्तर गर्यो । तिहारको अवसर पारेर अन्य नयाँ चलचित्रहरु पनि प्रदर्शनमा आएकाले र दर्शक संख्या कम भएकाले चलचित्र परदेशी -२ ले केही दिन विश्राम लियो । तर पछिल्लो केही दिन यता चलचित्र परदेशी -२ को माग आउन थाले पछि भोलि मंगलाबार बाट चलचित्रलाई निरन्तरता दिएको सिने रोयलका सि.इ.ओ रितेश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार चलचित्र परदेशी -२ प्रदर्शनको बेला देखिनै चलचित्रमा उल्लेखनीय दर्शकहरुको उपस्थिति रहेको थियो। नेपाली चलचित्र प्रतीको यो माया र चासो देख्दा खुशी लाग्छ ।
चित्र भित्र सङ कुरा गर्दै श्रेष्ठले भने यहि अनुपातमा नेपाली चलचित्रको मेकिङ हुने हो र दर्शकलाई चलचित्र मन पर्यो भने नेपाली चलचित्रको बजार बिस्तार हुन कुनै समय लाग्दैन । नेपाली चलचित्र सिने रोयलको प्राथमिकतामा छ । श्रेष्ठले बताए ।
चलचित्रमा अभिनेता प्रकाश सपूत र अभिनेत्री केकि अधिकारी, वर्षा शिवाकोटी मुख्य भुमिकामा प्रस्तुत छन् । ‘परदेशी–२’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । चलचित्रमा प्रकाश,वर्षा,केकी सङै प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।
रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रलाई राजेश वंशल र निर्देशक रायमाझी स्वयंले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, दीर्घ खड्काको सम्पादन छ । परदेश पुगेका सन्तानको पर्खाइमा रहेका आमाबुवाको कथा चलचित्रले पेश गर्छ ।