Close sidebar

कार्तिक २४ गते शुक्रबार नेपालगन्जमा ‘रक अन फेस्टिवल सेलिब्रेसन विथ सुनिल सिंह ठकुरी’ हुँदै

कार्तिक २२, २०८०

नेपालगन्ज, यही कार्तिक २४ गते ‘रक अन फेस्टिवल सेलिब्रेसन विथ सुनिल सिंह ठकुरी’ कन्सर्ट हुने भएको छ । कालपृष्ठ दैनिकले पहिलोपटक आयोजना गर्न लागेको ‘रक अन फेस्टिवल सेलिब्रेसन विथ सुनिल सिंह ठकुरी’ कन्सर्टका बारेमा नेपालगन्जमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

नेपाली पप गायन क्षेत्रका लोकप्रिय गायक बाँके खजुराका सुनिल सिंह ठकुरीले दर्शकमाझ आफ्नो प्रस्तुति राख्नेछन् । कालपृष्ठका प्रकाशक एवम् कन्सर्ट निर्देशक कमल खत्रीले सामाजिक सेवा भावले अभिप्रेरित भएर कार्यक्रम आयोजना गरिएको बताए ।

आर्थिक मन्दीले सबै क्षेत्रमा असर परिरहेको बेला नेपालगन्जमा हुन लागेको कन्सर्टले मनोरञ्जनसँगै आर्थिक पक्षमा थोरै भएपनि योगदान गर्ने खत्रीको विश्वास छ । कन्सर्टबाट आम्दानी भएको रकम मानवीय सेवामा खर्च गरिने बताइएको छ ।

कन्सर्टमा सुनिलसँगै नेपालगन्जको स्थानीय चर्चित ब्यान्ड ‘आवाज द व्यान्ड’ र स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुति देखाउनेछन्। ‘आवाज द व्यान्ड’ पश्चिम नेपालमा धेरै रुचाहिएको ब्यान्ड हो । नेपालगन्ज बाँकेगाउँस्थित यातायात कार्यालय नजिकैको मैदानमा हुने कर्न्सटमा प्रवेश शुल्क निःशुल्क राखिएको छ । कार्यक्रम स्थलमा केही फुड स्टल समेत रहनेछन् ।

कर्न्सटमा स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको खत्रीले बताए । कर्न्सटको सोसियल मिडिया पार्टनरमा नेपालगन्ज ग्यालरी र इन्टरटेन्मेन्ट पार्टनर चित्रभित्र अनलाइन पोर्टल रहेको छ । कर्न्सट नेपालगन्ज ग्यालरीमार्फत लाइभ देखाइनेछ । हालसम्म कन्सर्ट आयोजनाका लागि नेबिको बिस्कुट, रकस्ट्रङ सिमेन्ट, पिसफुल स्पा, रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट एन्ड बारले सहयोग गरेका छन् ।

गायक तथा संगीतकार समेत रहेका ठकुरीका दुई दर्जन भन्दा बढी गीत सार्वजनिक भएका छन् । हाल जापानमा बस्दै आएका सुनिलको पहिलो एल्बम ‘क्रेजी ह्याट’ हो । पहिलो एल्बममा रहेको ‘भुलीभुली देउ’ गीत १०औं इमेज अवार्डको नयाँ गायक विधाको मनोनयनमा पर्न सफल भएको थियो । सुनिलले गाएका गीत मध्ये ‘घटना घट्यो’, ‘जनता जान्न चाहन्छन्’, ‘१४ अञ्चल’, ‘म मान्छे बिन्दास’, ‘बेबी सुन न’ चर्चित बनेका थिए । उनले जापानमा गाएको ‘नागोया नागोया आउन बेबी नागोया’ चर्चित बनेको थियो ।

उक्त गीतमार्फत जापानको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको प्रचारप्रसारमा योगदान गरेको भन्दै जापानी सरकार र जापानी सरकारी टेलिभिजन एनएचकेले ठकुरीलाई नगदसहित पुरस्कृत गरेको थियो । ठकुरीले आफ्नो ठाउँमा आफ्ना गीत गाउन पाउँदा आफू निकै खुसी भएको बताए ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया