नेपालगन्ज – आगामी शुक्रबारबाट प्रदर्शनमा आउने बहुप्रतिपक्षत चलचित्र ‘दिमाग खराब’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । चलचित्रको हाइपलाई हेरेर देशभरका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले ‘दिमाग खराब’लाई उच्च शो दिएका हुन् ।
निर्माण टिमले प्रदर्शन अगाडी गरेको व्यापक प्रचारको फाईदा शोमा देखिएको छ । अनि चलचित्रको सार्वजनिक प्रचार सामाग्री पोस्टर, गीत, टिजर र ट्रेलरले दर्शकमाझ उच्च हाइप बनाएको छन् । साथै निर्देशक निश्चल बस्नेत ६ वर्षपछि निर्देशनमा फर्केकाले पनि दर्शक चलचित्र हेर्न उत्साहीत छन् । जसको फाइदा बक्सअफिसमा देखिने विश्वास निर्माण टिमलाई छ ।
देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले चलचित्रलाई काठमाडौं उपत्यकामा २५ शो दिएको छ, भने मोफसलका चेनमा ३३ शो उपलब्ध गराएको छ । जस्मा नेपालगन्जमा भने ४ शो । यस्तै, दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाज्ले १४ शो, वान सिनेमाज्ले १० शो, एफक्युबले ६ शो, बिग मुभिजले ५ शो, क्युज सिनेमाज्ले ५ शो, रञ्जना सिनेप्लेक्सले ७ शो, सिके सिनेमाज्ले ५ शो, सिने डी सेफले ३ शोमा अग्रीम टिकट बुकिङ खोलेका छन् ।
नेपालगन्जको हकमा भने सिनेमाघर सिने रोयलले चलचित्रलाई ४ शो दिएको छ । सि.इ.ओ रितेश श्रेष्ठका अनुसार चलचित्रलाई शुक्रबार र सनिवार गरि ४/४ वटा शो प्रदान गरिएको छ । दर्शकको माग बढेमा शो संख्या थपिने कुरा श्रेष्ठले चित्रभित्रलाई बताए ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।
निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि चलचित्रको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको चलचित्रमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । चलचित्रमा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
चलचित्रमा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । चलचित्रलाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।