नेपालगन्ज , चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’आज पाचौं दिनको व्यापारिक रफ्तारमा लागिरहेको छ । कार्तिक ४ गते फूलपातिबाट रिलिजमा आएको यो चलचित्रले बक्स अफिसमा बिष्फोटक व्यापारलाई कायमै राखेको छ ।
नेपालगन्जमा चलचित्रले प्रदर्शनको दिन देखीनै दर्शकको उल्लेखनीय साथ पाएको थियो । नेपालगन्जको क्युएफएक्स र सिने रोयाल सिनेमाहलमा चलचित्र हेर्ने दर्शकको लर्को लागेको छ । आज बुधबारका दिन चलचित्रले नेपालगन्जको दुबै हलमा हाउसफुलको ब्यापार गरेको छ । दर्शकबाट दर्शक तान्दै चलचित्र प्रती दर्शकको चासो र चर्चा बढेको छ। चलचित्र हेरेका दर्शकले चलचित्र मन परेको बताएका छन ।
दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रलाई खगेन्द्र लामिछानेले लेखन तथा निर्माण गरेका हुन् । चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय छ । चलचित्रले पशुपति परिसरमा भष्मे डनको यात्रा, उसको जीवनमा आउने उतारचढाव , परिवर्तनको कथालाई प्रस्तुत गरेको छ । चलचित्रले दर्शकको उत्साह अझै बढेको छ जहाँ तेश्रो श्रृङ्खलाको माग पनि दर्शकले गरिरहेका छन् ।