Close sidebar

नेपालगन्जमा रुचाइयो ‘परदेशी २’ पहिलो दिनमा ८०० बढी दर्शक, ब्यापार कति ?

अशोज २६, २०८०

नेपालगन्ज , नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । चलचित्रलाई ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आफ्नो देशभरका स्टेशनमा गरी चलचित्रलाई पहिलो दिन ३६ शोज उपलब्ध गराएको थियो । यसैगरी दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआईले आफ्नो तीनवटा स्टेशनमा कूल १२ शोज दिएको थियो । राजधानी संगै देशका अन्य मल्टिप्लेक्स हलहरुले पनि ‘परदेशी २’ लाई राम्रो शो उपलब्ध गराएको थियो ।

नेपालगन्जको हकमा भने चलचित्रलाई क्युएफएक्स सिनेमाज बागेश्वरी अन्तर्गत ३ वटा शो दिएको थियो भने सिने रोयलले ४ शो उपलब्ध गराएको थियो । दुबै हलमा बिहानी शो देखीनै चलचित्र परदेशी २ हेर्ने दर्शकको संख्या क्रमश बढी हुँदै गएको छ । दुबै हलगरि चलचित्रले आज पाएको ७ शोमा ८०० बढी दर्शकले चलचित्र हेरेको हामीले जानकारी पाएका छौ । आज पहिलो दिनको चलचित्रको ब्यापार नेपालगन्जमा मात्र ३ लाख नजीक रहेको अनुमान छ।

चलचित्र हेरेर निस्किएका दर्शकले चलचित्र राम्रो बनेको बताएका छन । चलचित्रमा समाबेश भएको गीत संगीत , कथाबस्तु र कलाकारको अभिनयको तारिफ गरिएको छ । भाबुक बनाउने सम्बाद, दृश्य र बेला बेला हसाउने र रुवाउने चलचित्रको सबैभन्दा बलियो पाटो देखिएको छ । सरासर भन्दा चलचित्र वड अफ माउथ नै चलचित्रको बलियो पाटो बन्ने छ भन्ने कुरामा फरक नपर्ला ।

गायकमा जमेका प्रकाश सपूतको चलचित्र डेब्यु यात्रा सफल हुने देखिन्छ । उन्को अभियानको तारिफ गर्नेहरुको लर्को नै लागेको छ। आजको दर्शक उपस्थिति हेर्दा भोलीका शोहरु हाउसफुल हुने प्रबल सम्भावना रहेको छ । सिने रोयलले भोलि चलचित्रलाई ७ शो दिएको छ भने क्युएफएक्स सिनेमाज बागेश्वरीले ४ शो दिएको छ। क्रमश सिने रोयलका म्यानेजर रितेश श्रेष्ठ र म्यानेजर सन्जिव शाक्यले भोलि चलचित्रको ब्यापर राम्रो हुने सम्भावना रहेको बताएका छन ।

नारायण रायमाझीद्वारा निर्देशित चलचित्रमा प्रकाश सपूत, केकी अधिकारी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लुलगायतको अभिनय छ । गायनमा स्थापित सपूतले यही चलचित्रबाट अभिनेताको रुपमा डेब्यू गरेका हुन् । राजेश वंशल र निर्देशक रायमाझीको निर्माण रहेको चलचित्रमा रमेश बिजीको कथा र पटकथालेखन रहेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया