नेपालगन्ज , नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रदर्शन मिती नजिकिएपछि मल्टिप्लेक्सले अग्रिम टिकट बुकिङ खुला गरेका छन् । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आफ्नो देशभरका स्टेशनमा गरी चलचित्रलाई पहिलो दिन ३६ शोज उपलब्ध गराएको छ । यसैगरी दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआईले आफ्नो तीनटा स्टेशनमा कूल १२ शोज दिएको छ ।
‘परदेशी २’लाई रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स र सिके सिनेमाजले समान ४/४ शो दिँदा क्यूज सिनेमाजले २ शो बाँडेको छ । काठमाडौंका अरु मल्टीप्लेक्सहरुमा बुकिङ खुल्ने चरणमा छ । देशका अन्य मल्टिप्लेक्स हलहरुले पनि ‘परदेशी २’ लाई सुखद् शो संख्या उपलब्ध गराएका छन् ।

नेपालगन्जको हकमा भने चलचित्रलाई क्युएफएक्स सिनेमाज बागेश्वरी अन्तर्गत ३ वटा शो मिलेको छ भने केही महिना अगाडिमात्र खुलेको सिनेमाघर सिने रोयलले ४ शो दिएको छ । दुबै हलका प्रबन्धक क्रमश सन्जिव शाक्य र रितेश श्रेष्ठका अनुसार दर्शकको माग अनुसार चलचित्रको शो बढाउने योजान पनि रहेको बताए । क्युएफएक्स सिनेमाज बागेश्वरीका प्रबन्धक शाक्य र सिने रोयलका प्रबन्धक श्रेष्ठका अनुसार आज बाटै चलचित्रको बुकिङ सुरु भाईसकेको समेत चित्र भित्रलाई जानकारी गराएका छन । चलचित्र परदेशी २ को ब्यापार राम्रो हुनेमा हामी पनि उत्साहित छौ । चलचित्रले दर्शकको माया र राम्रो साथ पाउने ठूलो आश राखेको देखिएको छ।
नारायण रायमाझीद्वारा निर्देशित चलचित्रमा प्रकाश सपूत, केकी अधिकारी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लुलगायतको अभिनय छ । गायनमा स्थापित सपूतले यही चलचित्रबाट अभिनेताको रुपमा डेब्यू गरेका हुन् । राजेश वंशल र निर्देशक रायमाझीको निर्माण रहेको चलचित्रमा रमेश बिजीको कथा र पटकथालेखन रहेको छ ।